Wednesday, July 5, 2023

Short Stories for Women's Day 2023

 महिला दिवस

महिलावादी कार्यकर्ता, दशकौंदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी । उनी शिक्षिका पनि हुन् रामप्यारी ।

अहिले उनको रिटायर्ड हुने बेला पनि भैसकेको छ । रामप्यारीलाई रिटायर्डमेन्टको रत्तिभर चिन्ता छैन । बरु महिला अधिकार र विकासको क्षेत्रमै अटूटरुपमा लाग्ने उनी योजना बुन्दैछिन्, अबका फुर्सदिला दिनमा । 

आज ११३ औं अन्तराष्ट्रिय महिला दिवसको पावन दिन । भव्यरुपमा मनाउने कार्यक्रम तय भएको छ । उनलाई कत्तिदिन अघिदेखिको भ्याइनभ्याइ छ ।

आज बिहान घरमा बुहारीलाई समयमा ब्रेकफष्ट तयार नगरी विरामीको बहाना बनाई सुतेकी नकचरी भन्दै सत्तोसराप्दै कार्यक्रम स्थलतर्फ लागिन् ।



भद्रता

एक भद्र महानुभाव, जो समाजसेवा मै व्यस्त । समाजमा उनलाई नचिन्ने विरलै होलान् । यिनी समाजसेवीको त घरमा बास बस्न मात्र जाने हो दिनभर कार्यक्रम तथा मेजमानी मै ठिक्क । सबेरै फोनकलले उठाइदिन्छ भने फोनमा कुरा गर्दै बेलुकी विस्तरामा छिर्ने दिनचर्या हो महाशयको ।

उनलाई आज महिला दिवसको कार्यक्रममा निम्ता आएको छ, मन्तब्य दिनु पर्ने छ । उनलाई त एक घण्टाको भाषणको लागि तयारी नै गर्नु नपर्ने । दिमागको हार्डडिस्कमा हरेक क्षेत्रको पर्फेक्ट भाषण सेभ भएर बसेको हुन्छ । उनको कर्णप्रिय र सान्दर्भिक विषयवस्तु माथिको भाषणका कारण उनका धेरै धेरै फ्यान छन् ।

आज उनै महाशयको यही कार्यक्रमको बीचमा अचानक घरबाट फोन आयो । अनुहार फुँग उड्यो । अगाडि ठडिएको मिनरल वाटरको बोटल झट्ट उठाएर घट्घट्घट् पानी पियो ।

यो फोन वार्ता सँगै सीटमा बसेका अर्का अतिथिले सुन्न भ्याएछ – उनको घरमा काम गर्ने नानीको प्रिङ्गन्यान्सी टेष्ट पोजेटिभ आएको रहेछ ।


शोभा शाक्य


Friday, September 20, 2019

बुढ्यौलीका व्यथा (Trouble in Old Age)

बुढ्यौलीका व्यथा



लेखकबाट थप

         ‘तिमी दिनभरि सुत्छौ, अनि कहाँबाट निद्रा परोस् ? हामी राति निदाउनु पर्दैन ?’ एक पुरुष आवाजले एउटा वृद्धालाई रातको करिब बजे हकार्दै गरेको सुनेपछि कारणवश धुम्बाराही बास बसेकी यो पंक्तिकारलाई रात काट्न साह्रै कठिन भयो।
     ती वृद्धाले हप्काइ खानुभन्दा केही समय अगाडिदेखि लगातार बोलाइरहेकी थिइन्। उनलाई केही चाहिएको थियो कि ? सोधिदिने कसले ? उनी प्रतिनिधि पात्र मात्र हुन्। यस्ता दृश्य टोलटोलमा देखिन्छन्।
     आजको युगमा शारीरिक तथा मानसिक रूपमा कमजोर भएका उमेर पाकेकाहरू तीव्र पश्चिमाकरणको नकारात्मक मारमा परेका छन्। हुन बूढो हुनु प्राकृतिक नियम हो आफ्नोे वशभन्दा बाहिरको कुरा। मानिसले आफ्नो खानपान व्यायाममा ध्यान दिने हो भने शारीरिक तन्दुरुस्ती राम्रो हुन्छ। तर अहिले नेपालमा प्रायः ५०६० वर्ष कटेपछि मानिस विभिन्न रोगको सिकार भएको पाइन्छ। यस खालको शारीरिक कष्ट बुढेसकालमा झन् बढी आइपर्नु स्वाभाविकै हो।
     अर्को डरलाग्दो कुरा बुढेसकालमा खेप्नुपर्ने मानसिक तनाव हो। आफ्नो अवस्था आफ्ना सन्तानबाट आइपर्ने तनाव धेरैजसो वृद्धले खेपिराखेका छन्। अनि बोल्दा पनि करायो भन्ने, उनीहरूको आवश्यकतालाई बेवास्ता गर्ने, झर्कीफर्की गर्ने। संस्कृतिविद् सत्यमोहन जोशी अपवादका प्रतिनिधि हुन्, जो १०० वर्ष कटेर पनि आफ्नो स्मरण शक्ति शारीरिक तन्दुरुस्ती चुस्त छ। तर धेरैजसोको ६० वर्ष हाराहारी पुग्दा सम्झना शक्ति कमजोर हुन थाल्छ। त्यही कुरा एकपटक भन्दा बढी बोल्नेबित्तिकै परिवारलाई टाउको दुखाइ हुन्छकत्ति करकर गरेको भन्दै।
पहिलो पुस्ताका वृद्धहरूले आफ्ना छोराछोरी नातिनातिनाबाट राम्रो स्याहार आदर पाए।आफ्नो बाउलाई डोकोमा राखेर फ्याँक्न लैजाँदा सानो छोरोले त्यो डोको नफाल्नू, पछि तपाईंलाई पनि बूढा हुँदा यसैगरी फ्याँक्न चाहिन्छ भन्योभन्ने लोककथाले पनि कति शिक्षा दिन्थ्यो। त्यो बेला आफूभन्दा ठूलालाई सम्मान गर्नु, सेवा गर्नुलाई धर्म कर्तव्य मानिन्थ्यो।
     यस सिलसिलामा डा.नोबल किशोर राईले एउटा कार्यक्रममा भनेका थिए– ‘हिजोआज केटाकेटीलाई सानैदेखि अधिकार मात्र सिकाइयो, तर कर्तव्य सिकाइएन।हुन पनि हो, आजको नयाँ पुस्ताले अधिकार मात्रै खोजे। आफ्ना आमाबाबु, हजुरआमा÷बुबा हेर्न गाह्रो मान्ने, तर उनीहरूको सम्पत्ति भने मुद्दा हालेर लिने चलन हाबी भएको छ। लुभुको प्रशस्त जग्गा भएको एक परिवारमा छोराहरूले एकल आमासँग मुद्दा हालेर आफ्नो अंश लिएपछि ती वृद्धालाई अलपत्र पारेको घटना धेरै पुरानो भएको छैन।
     हुन सम्पत्तिका मालिकलाई स्याहारेको खण्डमा मात्र सन्तानले पुरस्कार स्वरूप अंश पाउनुपर्ने होइन ? तर नेपालको कानुनले कपुतहरूलाई सहज बनाइदिएका कारण पनि वृद्धहरू मारमा परेका छन्। आफूले जन्माउँदैमा सम्पत्ति दिनुपर्ने किन ? आफूलाई जन्माएर दुःखगरी हुर्काएको बदलामा केही प्रत्युपकार नगर्ने, तर बूढाबूढीलाई दुईछाक ख्वाएको दागबत्ति दिएको साटो सम्पत्ति चाहिने ?
     आजको परिवेशमा परिवार टुक्रिने सानो परिवारमा बस्दा श्रीमान्श्रीमती दुवै काममा जानुपर्ने कारण पनि ज्येष्ठ नागरिकहरू दिनभर एक्लो हुने गरेका छन्। साँझ जब उनीहरू थाकेर फर्किन्छन्, नियास्रिएका बूढाबूढीका समस्या सुन्न चाहँदैनन्, अनि सुरु हुन्छझर्कीफर्की। अझ बिरामी, कमजोर अशक्तहरूले पापै गरेझैं दुःख भोग्नुपर्ने हुन्छ। बिरामी हुँदा जाउलोसम्म पकाइदिने कोही नभएका घर पनि छन्।
     विदेश पलायन हुने चलन महाभूकम्पपछि ह्वात्तै बढेको छ। विदेश पढ्न गएकाहरू उतै अड्किन्छन्, केही महिना के विदेशमा टेक्यो, नेपाल फोहर, अवसर नभएको भन्दै फर्किन खोज्दैनन्। कतिपय बाध्यतावश कामका लागि खाडी मुलुकमा पसिना÷रगत बगाउन जान्छन्। उनीहरूका घरमा पनि बूढाबूढी एक्लिन थालेका छन्। बूढाबूढी दुवै भएका घरमा एकले अर्काको मुख हेरेर, आपसी सहयोग गरेर दिन बिताउँछन्, तर एकल वृद्ध या वृद्धाको अवस्था साह्रै दुःखदायी छ। यस्तै एक्लोपनाको असह्य पीडाले सन्तानको अपहेलनाबाट छटपटिएर होला, उनीहरू सडकमा आउन बाध्य भएका।
     मानव सेवा आश्रमका १२ वटै शाखामा जाने हो भने सडकबाट उठाएर ल्याइएका बाआमाहरू राख्ने ठाउँ नै छैन। ललितपुर शाखामा मात्रै हाल ५३ जना आश्रित छन्। एउटा घटना यस्तो भयो कि सडकबाट त्यहाँ ल्याइएका वृद्धको घर खोजतलास गरी उनका छोराहरूलाई लिन आउन पटकपटक अनुरोध गरियो। त्यतिबेला वास्ता गरेनन्। तर जब ती वृद्धको मृत्यु भयो, तब उनीहरू मेरो बाउ कसरी ¥यो भनेर केरकार गर्ने छोराछोरी पनि छन्, हाम्रो समाजमा। बूढाबूढीलाई गाउँबाट काठमाडौं ल्याएर बाटैमा तथा आश्रमछेउ छोडेर जाने पुत्रहरू पनि रहेको कुरा समाचारमा धेरै आइसकेका छन्।
     काठमाडौंमा हिजोआज दिवासेवा केन्द्र तथा आश्रम खुल्न थालेका छन्। जसरी आफ्ना बच्चालाई घरमा हेर्ने मान्छे भएन भने हामी पैसाको मतलब नगरी डेकेयर तथा स्कुलमा सुरक्षित तवरले राख्न लान्छौं, त्यसैगरी आमाबाबु हेर्न नभ्याएको अवस्थामा दिवासेवा केन्द्रसम्म पु¥याउनुपर्ने वा हेरालु राख्नुपर्ने कर्तव्यको पाठ कसले पढाउने ? सम्पत्तिको अंशमा अधिकार भन्न सक्ने सन्तानले सेवा गर्नुपर्ने कर्तव्य भने कमैले मात्र सिकेको देखिन्छ।
     घरमा बूढाबूढीलाई रुवाएर, वास्ता नगरेर उनीहरूले आफ्ना बच्चाहरूलाई पनि त्यही संस्कार सिकाइरहेका छन्। यसले भविष्यमा अझ  स्वार्थी समाजको र्सिजना हुने ठूलो डर छ।
     हुन ज्येष्ठ नागरिक पनि सबै सजिला कहाँ हुन्छन् ! उखानै गोरु बूढो भए भिर खोज्छ, मान्छे बूढो भए निहँु खोज्छ। बूढेसकालमा विभिन्न रोग, बिर्सिने बानी तथा नयाँ पुस्तासँगको वैचारिक मतभेदले गर्दा गनगन गर्ने हुन्छन्। जसले गर्दा अति व्यस्त छोराछोरीलाई दिक्क लाग्नु स्वाभाविकै हो। बूढाबूढी स्याहारेकालाई मात्र थाहा हुन्छउनीहरूलाई हेर्नु बच्चा हेर्नुभन्दा गाह्रो हुन्छ। सकेसम्म उनीहरूको जीवन सहज बनाइदिने प्रयास गर्नु सन्तानको जिम्मेवारी हो। हामी पनि अवश्य एकदिन बूढो हुन्छौं आफू त्यही अवस्थामा पुग्दा आफूलाई के कस्तो सेवा पाए हुन्थ्यो भन्ने कुराको कल्पना मात्र गर्ने हो भने पनि अहिलेका वृद्धहरूले अलि सुख पाउने थिए कि !
     अन्तमा, हामी, ज्येष्ठ नागरिकहरूको सुखद् अवस्था तथा राम्रो पारिवारिक हेरचाह सम्मान भएको समाज हेर्न चाहन्छौं भने समाजमा आफ्ना आमाबुवा तथा सासुससुरालाई देवता समान श्रद्धापूर्वक हेरविचार गर्ने छोराबुहारीहरूलाई कुनै सार्वजनिक कार्यक्रममा सम्मान गरी अरूलाई पनि अनुकरणका लागि उत्प्रेरित गर्नु आजको आवश्यकता हो।

Published on Nagarik National Daily dated 2019/09/20 Friday (Page - 7)